गन्धर्वलाई सहयोग हस्तान्तरण

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७०, आईतवार

काठमाडौं । सारंगी सम्राट जंगबहादुर गन्धर्वको उपचारका लागि एक लाख ३७ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । युकेमा कार्यरत रहेका दाङ निवासी मानबहादुर थापाको विशेष पहलमा जम्मा गरिएको १ लाख ४७ हजार २ सय ३७ रुपैया“ रकम बीएफबीएस रेडियोका स्टेशन म्यानेजर विनोदध्वज खड्काको हातबाट गन्धर्वका छोरा भुवन गन्धर्व र संगीतकार सन्तोष श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । युकेमा रहेका नेपालीहरुस“ग गन्धर्वको उपचारका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको थापाले बताए । सारङगीका माध्यमबाट नेपाली गीतसंगीत उद्योगमा पु¥याएको योगदानको अतुलनीय भएको बताउ“दै उनको स्वास्थ्य चिन्ताजनक हु“दै गएको र आर्थिक अवस्था पनि कमजोर हु“दै गएकोले सहयोग गरेको थापाले बताएका छन् ।
म्यूजिक खबर डटकमको समाचार सम्प्रेषण गरेपछि गन्धर्वलाई सांगीतिक संघको बैठकले पनि दश हजार रुपैया“ सहयोग गरेको थियो । गन्धर्वको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग गर्ने मनहरु बढिरहेका छन् । आर्थिकस्थिति कमजोर रहेका कारण गन्धर्बलाई संगीतमा आबद्ध सबै संघसंस्थाद्वारा सहयोग गर्न समेत संघले अपिल गरेको छ । निमोनियाबाट थलिएका गन्धर्ब राजधानीस्थित स्टार हस्पिटलमा उपचारार्थ रहेका गन्धर्वलाई अवस्था अझ चिन्ताजनक भएको भन्दै केएमसी हस्पिटलमा पु¥याइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु