गम्बु बने अब गरिबका हिरो

म्यूजिक खबर
प्रकाशित: ३१ असार २०७२, बिहीबार

काठमाडौं । गायक गम्बु शेर्पाद्धारा संचालित, फुडक्लोथ एजुकेशन डट ओ.आर.जी.को आयोजनामा ओखलढुङ्गाका भूकम्प पीडित वालवालिकालाई पठनपाठनका सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ । गायक शेर्पाले रु पन्ध्र लाख बराबरको राहत बितरण गरेका हुन् ।
ओखलढुङ्गाका खिजीफलाटे, चण्डेश्वरी, खिजीकाति, रगनी गरि ४ गाविसका २१ विद्यालयका ३ हजार ५ सय ४० विद्यार्थीलाई विद्यालय पोशाक, पुस्तक तथा कापी कलम वितरण गरिएको हो । त्यस्तै ती ४ वटै गाविसका ४२ घरधुरी दलित परिवारलाई लत्ता कपडा तथा ब्ल्या्ङकेट वितरण गरिएको छ । त्यस्तै शेर्पाले एकजना १० बर्षे बालक खिन विकलाई आजिवन लालनपालन तथा पठन पाठनका लागि आवश्यक व्यवस्था मिलाएका छन् । सो अवसरमा २१ वटै विद्यालयमा भूकम्प पीडितका लागि गायक गम्बु शेर्पा, रोज मोक्तान, डिजे तेन्जीङ, सोनाम शेर्पा, जिवन सुनुवार, जेनी शेर्पा, ल्हाक्पा शेर्पा, जिवन बम्जन, बाल कुमार श्रेष्ठले सांगीतिक कार्यक्रम मार्फत सांगीतिक थेरापी प्रदान दिएका थिए । कार्यक्रममा नेपालका प्रथम डिजे, डिजे तेन्जीङले साउण्ड सिस्टम उपलब्ध गराएका थिए । सो राहत तथा सांगीतिक थेरापी कार्यक्रमका लागि गायक गम्बु शेर्पा, निमा शेर्पा र डेण्डी शेर्पाले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

gambu sherpa

ओखलढुङ्गा जिल्लाका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १४ बर्षदेखि अमेरिकामा बस्दै आएका छन् भने उनी फुड क्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इनक साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका अध्यक्ष हुन् । बिगत १५ बर्ष देखि गायन पेशालाई अँगालेका गायक शेर्पा समाजसेवीका रुपमा पनि परिचित छन् । उनले बिगतदेखि पीडित अनाथ अपाङ्गलाई मात्र नभएर कलाकारहरु लाइ पनि सहयोग गर्दै आएका छन् भने आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर छुट्याउँदै आएका छन् ।

gambu sherpa okhaldunga

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु