‘गरिबको छोरो कहाँबाट पाउने सपोर्ट’

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७२, बुधबार

गाउँका मान्छे को नै धनी हुन्छन् र ! धनी भनिने केही भए पनि मध्यम वर्गकै हुन् उनीहरुभन्दा गरीबले धनी भन्ने गरेकोले मात्रै धनी देखिएका होलान् । गाउँले जीवनमा हुर्किएको केटोलाई गीत गाउन, नाच्न मन लागेपछि केको धनी र गरीबको कुरा आयो र ! गायक डिकेश मगर उर्फ डिल बहादुर मगरको पनि गीतसंगीतले भुइँमा खुट्टा रहेन । त्यसैले परिवारको सपोर्ट जागिर खाने, लाहुरे बन्न गए हुन्थ्यो भन्ने भए पनि उनी भने संगीतकर्ममा नै लागे ।

हिलेटक्सार–५, लमजुङ डिल बहादुर मगर ‘डिकेश’ले संगीतमा लागेपछि धेरै संघर्षका दिनहरु पार गरे । उनले म्यूजिक खबरसँग भने ‘आफू त गरिबको छोरो कहाँबाट पाउने सपोर्ट ।’ उनी संगीतमा लाग्दा परिवारले कसरी बाँच्ने होला, बरु कमाइ हुने जागिर खाँदा हुन्थ्यो भनेर सम्झाउँ उनी भागी भागी गाउँको रोधी धाउँथे रे । त्यही लमजुङको रोधीले उनलाई गायक बन्ने सपना देखायो र सपनाको शहर काठमाडौं छिरे । काठमाडौंमा संगीतकर्मीको अघिपछि गर्दागर्दै उनी गायकभन्दा पहिला नृत्यतर्फ दख्खल बटुल्न थाले । नृत्यको पारंगत बन्दै गएको उनले २०५७ सालबाट निर्देशन नै सुरु गरे । हालसम्म ८५ भन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका उनले गीत पनि रेकर्ड गराए ।

dikesh magar1

पहिलो गीतका रुपमा उनले लोक पप गीत ‘छाडि नजाऊ है’ बजारमा ल्याए । तर आफ्नो गायक बन्ने सपना पूरा भए पनि गीतले त्यति चर्चा पाउन नसकेपछि फेरी संगीतमै खटिरहे डिकेश । बुबाआमाले कति कमाइस् भन्ने प्रश्न गर्दा उनको एउटै उत्तर हुन्थ्यो – दाम होइन नाम कमाउन दौडेको छु । आखिर मरेर लैजानु पनि केही छैन रमाइलोमै बाँचेर गीतसंगीतभित्रै रमाउन पाउँ भन्ने उनको सोच हो । त्यही सोचलाई गाउँको रोधीले महत्वपूर्ण भूमिका खेलेको हो । डिकेश भन्छन् मलाई गाउँको रोधीले गायक बनायो ।

dikesh magar
यतिबेला गायक मगर लोकदोहोरी एल्बमको तयारीमा रहेका छन् । उनले लोकदोहोरी क्षेत्रमा चर्चा कमाएका गायिकाहरुसँग सहकार्य गर्दै नयाँ एल्बम बजारमा ल्याउन तयारीमा जुटेका छन् । गायिका मुना थापा मगरसँग कान्द्रा (कौडा) बजारमा ल्याउन लागेका छन् जसमा उनको र मुना थापाको स्वर रहेको छ । त्यस्तै सालैजो एउटा दोहोरी गीत पनि रेकर्ड गराएका छन् । निर्मला थापा मगर र उनको स्वरमा लोकदोहोरी तयार भएको छ । यतिखेर रेकर्डिङको सम्पूर्ण कार्य सकेर म्यूजिक भिडियो निर्माणतर्फ लाग्ने सोचमा रहेका गायक डिकेश संगीत क्षेत्रलाई निरन्तरता दिने बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु