‘गरिवको माया’ कस्तो होला त ? भिडियोमा हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७४, शनिबार
पुष २२, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा मौलिक भावहरु समेटिएका लोकदोहोरी कोशेली आउने क्रम जारी रहेको छ ।यसै क्रममा गायिका यामुना कुमाल र भिम विश्वकर्माको आवाजमा “ गरिवको माया ” बजारमा भखरै मात्र आएको छ ।
माया प्रेमको भावमा जिवनका ययार्थ भोगाइहरु समेटने प्रयास गरिएको छ । भुपडिमा बसेका प्रेमीलाई जस्तोसुकै समयमा पनि साथ दिने बाचा भिडियोमा गरिएको छ । गरिव भएकै कारण माया प्रेममा आएका अवरोधहरुलाई निकै मार्मिक रुपमा व्यक्त गर्ने कोसिस गरेका छन । माया प्रेममा रहेका जोडिहरु आफनो माया अजम्वरी होस भन्ने चाहना राख्दछन ।
तर कतिपय अवस्थामा मायामा आउने विभिन्न अवरोधले गर्दा मायाको कसिलो डोरीमा खटपट आउने गर्छ त्यही भावहरुलाई भावनाका यादहरुलाई विन्दास खड्गी र यमुना कुमालले शब्द मार्फत कोरेका छन । देवराज वि क को संगीत संयोजन रहेको छ भने बविता श्रेष्ठको निर्देशन , सुरेश श्रेष्ठको छायाँकन “ गरिवको माया ” छ । गरिवको मायामा विमल अधिकारी र रुपा कडेलको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु