
चैत्र ३०, काठमाडौं । पाकिस्तानकी एक स्थानीय गायिकालाई लार्काना नजिकैको कांगा भिलेजमा आयोजित सांस्कृतिक कार्यक्रममा गोली हानी हत्या गरिएको छ । पाकिस्तानी समाचार एजेन्सी डन डट कमका अनुसार समिना सिन्धु भनेर चिनिने २४ वर्षीया समिना समुनलाई कार्यक्रममा आङ्खनो प्रस्तुती दिने क्रममा तारिक अहमद जातेईले गोली हानेका हुन् ।
आरोपीको ‘उठेर गाउनुपर्ने आग्रह’ लाई समिनाले अस्विकार गरेपछि उनीमाथि गोली हानिएको बताइएको छ । नशाले चूर भएका आरोपीले गायिकालाई गोली हान्नुपूर्व बारम्बार उठेर गाउन दबाब दिइरहेका थिए । समिनालाई तत्काल चन्ड्का अस्पताल पु¥याइए पनि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।