गर्लफ्रेन्ड लिएर आइन इन्दिरा जोशी (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७५, शनिबार

८ बैशाख, काठमाडौं । चर्चित सिङगिङ रियालिटि शो नेपाल आइडलकी जज एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नया गीत सार्बजनिक भएको छ । नेपाली नया बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ‘गर्लफ्रेन्ड’ गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्।‘गर्लफ्रेन्ड’ मा गायिका जोशीको नै शब्द र संगीत रहेको छ ।


मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको गर्लफ्रेन्डको म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मीश्रेष्ठ लगायतका साथीहरुको अभिनय रहेको छ ।
अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन ।

सुनोदले यस अघि अस्ट्रेलीयाबाट निर्मण र प्रशारण भैरहेको टि भी सीरिजहरु र म्युजिक भिडियोहरुमा अभिनयको गरेका छन् एस इभेन्ट्सका डाइरेक्टर समेत रहेका अस्ट्रेलियाको मेलबर्न निवासी श्रेष्ठले म्युजिक भिडियो मेकिङ लगायत विभिन्न म्युजिकल इभेन्ट्सहरु नेपाली एक्पोहरुको साथै प्रोडक्सनका कामहरु गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु