
काठमाडौं ,भदौ २० । नेपाली आधुनिक गायन विधाको क्षेत्रमा क्रियाशिल रहेका गायक एकान्त आङदेम्बे को आवाजमा रहेको ‘सपना हरु ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
विछोडको वियोगलाई गीतमा समेटिएको छ । सपनाहरु टुटेपछि बन्ने निराशालाई गीतको शब्द मार्फत समेटिएको छ । गीतमा हरि प्रसाद नेम्वाङको शब्द तथा बसन्त मुकारुङको संगीत रहेको छ । गीतको भिडियोमा सविना राई र जिवन राईको फिचरिङ रहेको छ । भिडियोको निर्देशन , छायाँकन तथा सम्पादन इशाक हाङ जबेगुको रहेको छ ।
हेर्नुहोस भिडियो ।