गायक कलाप्रेमीको ‘मनमा छ’ आज सार्वजनिक हुँदै

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७३, सोमबार

काठमाण्डौ । गायक जिवन कलाप्रेमी नेपालको संगीत क्षेत्रमा उदीयमान गायक हुन् । लामो समयदेखि संगीत साधनाबाट गायकीमा निखारता ल्याएका कलाप्रेमी यतिबेला मनमा छ भन्दैछन् । आखिर के छ त उनको मनमा ? उनले आफ्नो मनमा भएको कुरा आजै नेपालका राष्ट्रिय टेलिभिजनहरुबाट सार्वजनिक गर्दैछन् । गीत संगीतबाट आफ्नो परिचय बनाएका गायकको मनमा अरु के नै होला र ? अवश्य पनि गीत संगीत नै हुनुपर्छ । यो समयमा पनि उनी ‘मनमा छ’ भन्दै गीत नै सार्वजनिक गर्ने भएका हुन् ।

आज साँझको पाँच बजेपछि ईमेज च्यानल टेलिभिजन, कान्तिपुर,हिमालय टेलिभिजन, नेपाल-1 टेलिभिजन, च्यानल नेपाल लगायत विभिन्न लोकप्रिय टेलिभिजनहरुबाट गायक कलाप्रेमीको नयाँ गीत ‘मनमा छ’को म्यूजिक भिडीयो आज सार्वजनिक हुदैँछ । कृष्ण लिम्बुको शब्द तथा संगीत रहेको उक्त गीतमा लोकप्रिय कलाकारहरु सुनिल थापा र विवेक सिंह ठकुरीले अभिनय गरेका छन् । White Plus AV Production को बजार प्रवर्दन रहेको उक्त म्यूजिक भिडियोलाई सफल निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका छन् ।

दरबारमार्गस्थित ‘मधुशाला’मा हरेक दिन ग्राहकहरूलाई आफ्नो गायनकला प्रस्तुत गर्दै आएका गायक जिवन कलाप्रेमी झापावासी हुन् ।jiwan-kalapremi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु