गायक कृष्ण काफ्ले र नायिका अशिष्मा नकर्मी बिच माया पिरती(भिडियो)

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

काठमाडौं । गायक कृष्ण नेपाली सांगीतिक बजारमा स्थापित भएको नाम हो । उनको स्वर जति राम्रो छ त्यति नै उनको रुपको पनि चर्चा हुने गरेको छ । झट्ट हेर्दा नायक नै जस्ता देखिने हेण्डसम गायक कृष्ण काफ्लेको सुन्दरी नायिका अशिष्मा नकर्मीसँग माया पिरती रहेको खुलासा भएको छ । कृष्णले अशिष्मालाई ‘लाइदैन माया पिरती तिथि र मिति तोकेर, भन्न जति सजिलो छ मिल्दैन दिन जोखेर चल्दैन जीवन यसरी मायामा हिसाब खोजेर’ भन्दै आफ्ना प्रेम–भाव प्रकट गरेका छन् ।krishna-kafley_asisma-nakarmiवास्तविक जीवनमा भने गायक र नायिकाको बीच प्रेम सम्बन्ध भएको भने होइन । भर्खरै सार्वजनिक भएको ‘लाईँदैन माया पिरती तिथि र मिति तोकेर’ बा्लको म्यूजिक भिडियोमा गायक काफ्लेले नायिका आशिष्मा नकर्मीसँग अभिनय गरेका हुन्। कृष्णकै आवाज रहेको यो गीतमा यो गीतलाई विक्रम सुन्दासले लेखेका हुन् भने पुरुषोत्तम न्यौपानेले संगीत भरेका हुन् ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु