गायक ठकुरीको ‘कलेजी फाटेर’ सार्वजनिक {भिडियोसहित}

म्यूजिक खबर
प्रकाशित: २१ चैत्र २०७४, बुधबार

२२ चैत, काठमाडौं । पछिल्लो समय निकै व्यस्त र चर्चामा रहेका सर्जक तथा लोकप्रिय युवा गायक राजन ठकुरीको लोक तथा दोहोरी एल्वम ‘कलेजी फाटेर’ वोलको गीत सार्वजनिक भएको छ । उनले उक्त गीत आफ्ना दर्शक तथा स्रोताहरुका लागि नयाँ वर्ष २०७५ सालको अवसरमा सार्वजनिक गरेका हुन् ।

मौलिक परिवेशमा गीतले निकै मिठासपन बोकेको छ । गीतमा चोखो माया गर्ने जोडिहरुको कथालाई समेटिएकोछ । गायक राजन ठकुरी, दर्शन ठकुरी, जुना श्रीष मगर र सुनिता गिरिको स्वर रहेको यस गीतलाई दर्शन ठकुरीको शब्द लेखेका हुन् । गीतमा लय तथा संगीत संयोजन गायक ठकुरी स्वयमको रहेको छ ।

गीतलाई निर्देशक सज्जन हमालको निर्देशनमा निकै राम्रो म्युजिक भिडियो निर्माण गरिएको छ । जसमा मोडल विवस ठकुरी र नानु गुरुङको शशक्त अभिनय रहेको छ । गीतलाई शम्भु चालिसेले खिचेका हुन् भने सुजन साहीले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु