गायक तुलसी सिवाकोटीलाई ‘गर्नुग¥यो कलियुगको इन्टरनेटले’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ श्रावण २०७३, आईतवार

युवा पुस्ताको मनमा बस्न सफल गायक तुलसी सिवाकोटीलाई पछिल्लो समयमा कलियुगको इन्टरनेटले गर्नुगरेको छ । सामाजिक सन्जाल र इन्टरनेट मार्फत मायामा फसेका शिवाकोटीको चर्चा पनि यतिबेला निकै बढेको छ । प्रसंग हो म्यूजिक भिडियोको । शिवाकोटीले इन्टरनेट एवं सामाजिक सञ्जाल र युवापुस्तालाई सम्बोधन गरेर रोमान्चक शैलीको ‘गर्नुगर्यो कलियुगको इन्टरनेटले’ म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु समावेश गरिएको, ‘गर्नु गर्यो कलियुगको इन्टरनेटले’ रिलिजको केही समयमा नै श्रोताको मन जित्न सफल भएको छ भने गीतको म्युजिक भिडियो निर्माणपछि सांगितिक बजारमा यसको चर्चा अझ चुलिने विश्वास गरिएको छ ।

गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउँदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन । विशेषगरि प्रवासका श्रोताहरुले अत्याधिक रुचाएका गायक सिवाकोटीको यसअघि: नेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।
युरोपका विभिन्न मुलुकहरुमा सांगितिक प्रस्तुति दिइसकेका गायक शिवाकोटीले ‘गर्नुगर्यो कलियुगको इन्टरनेटले’ बोलको यस गीतमा युवाहरुको भावनालाई मिठो शैलीमा पस्कने कोशिस गरेका छन ।

रोजी लाबुङको शव्द र नीरज श्रेष्ठको संगीत रहेको यो गीत गायक सिवाकोटीको सांगितिक एल्वम ‘मुहार’ मा समावेश गरिएको गीत हो । स्पेनको विल्बाओ शहरमा छायांकन गरिएको यस म्युजिक भिडियोमा रोशन लम्साल र रोशनी चालिसे र सागर ले अभिनय गरेका छन । मालति पन्तको कन्सेप्टमा गंगाराम सापकोटाले निर्देशन गरेको यो म्युजिक भिडियो उमआरन क्रिय़शनको व्यानरमा निर्माण गरिएको हो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु