गायक नरेन लिम्बु अब नायक पनि ! यी नायिकासँग गर्नेछन् रोमान्स !

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७४, शनिबार

फागुन १९, काठमाडौं । करिब एक दशक अघि  एल्बम “आस्था” बाट नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गर्न सफल गायक नरेन लिम्बु  अहिले सोहि एल्बमको  सम्झनामा  चलचित्र  ‘आस्था’ निर्माण गर्ने भएका छन् । गायक लिम्बुकै कथा तथा निर्देशन रहने भनिएको उक्त चलचित्र  दाजु र बहिनीको कथामा आधारित पारिवारिक बिषय बस्तु बोकेको चलचित्र  हुने जानकारी प्राप्त भएको छ ।

कथा तथा निर्देशन आफैले थाम्न खोजेका यी गायक अब सोहि चलचित्रमा  नायकको भूमिकामा पनि देखिने भएका छन । चलचित्रमा नरेन लिम्बुको अलावा थिएटर आर्टिस्ट कुसुम गुरुङ तथा २०१७ कि मिस नेपाल युके बिजेता सिर्जना गुरुङ समेत अभिनय रहने छ  ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु