गायक बिरही कार्की १५ औं वैवाहिक वर्षगाँठ मनाउँदै !

म्यूजिक खबर
प्रकाशित: २९ मंसिर २०७४, शुक्रबार

मंसिर २९, काठमाडौं । चर्चित लोकगायक बिरही कार्कीको आज १५ औँ वैवाहिक वर्ष गाँठ परेको छ । खेममाया कार्की (शान्ता)सँग विवाह बन्धनमा बाँधिएका बिरहीले वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमतीसँगको एउटा तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै वैवाहिक वर्षगाँठलाई सम्झिएका छन् ।

तस्बिरसँगैको क्याप्सनमा उनले विवाहको १५ वर्ष लाग्दा दुःख, सुख जे जस्तो भएनी आफ्नो जोडी अजर अमर होस् भनि भगवानलाई सम्झेका छन् । उनले फोटो पोस्ट गर्दै ‘३हामी र हाम्रो नाता १५औ बर्षमा प्रवेश …
दुख सुख जे भएनी साथ अजर अ्मर …
मंसिर (२९ हाम्रो बैबाहिक दिन ….
भगवानले सधै राम्रो बाटो देखाउन ….” फेसबुकमा लेखेका छन् ।

सुनखानीमा सुन, मायालु हजार, जुनकीरी, आमा भाग ४ सम्म, लाहुरे बाकी छोरीले, डाँडैमा विजुली, होला मायालु, आमा भाग–४ जस्ता दर्जनौ मौलिक तथा मार्मिक गीतहरुमा स्वर दिएका गायक बिरही कार्की र उहाँकी अर्धाङ्गीनी खेममाया कार्कीलाई वैवाहिक वर्षगाँठको उपलक्ष्यमा म्यूजिक खबर परिवारका तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु