गायक भए संगीतकार पोखरेल (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

काठमाडौं । यतिबेला संगीतकारहरु गायनमा चर्चा कमाउन व्यस्त छन् । पछिल्लो समय संगीतकार कालिप्रसाद बास्कोटा, हरि लम्सालले गायनबाट राम्रै चर्चा पाउन सफल भए । त्यही क्रममा संगीतकार अर्जुन पोखरेल पनि गायकको परिचय लिएर अगाडि बढेका छन् ।

arjun pokhrel
संगीतकार अर्जुन पोखरेल पछिल्लो समयका व्यस्त एवं चर्चायोग्य संगीतकारको रुपमा चलचित्र एवं संगीत उद्योगमा छाइरहेका छन् । उनका संगीतमा काम गर्न चाहनेहरु धेरै छन्, उनको संगीतलाई पछ्याउनेहरु धेरै छन् । अब संगीतको पछाडि उनी गायकको रुपमा पनि उत्तिकै चर्चा पाउन सफल हुने देखिन्छ । भर्खरै मात्र उनको स्वरमा चलचित्र ठमेल डटकमको गीत सार्वजनिक भएको छ । गोपीकृष्ण मुभिजको ब्यानरम ाबनेको चलचित्र ठमेल डटकममा दयाराम पाण्डेको शब्द एवं अर्जुन पोखरेलको संगीत र स्वरमा तयार भएको गीत ‘तिमी नभए’ सार्वजनिक गरिएको छ । जुन गीत सुन्दा लाग्छ प्रोफेशनल गायकहरुभन्दा कम देखिँदैनन् ।

हुन त उनी ०६२÷०६३ सालतिर कालिका म्यूजिक अवार्डमा सानी मोरी मलाई मन प¥यो बोलको लोकदोहोरी गीतबाट गायकका अवार्ड चुमिसकेका व्यक्ति हुन् । लोकदोहोरीमा अवार्ड चुमिसकेपछि आधुनिक र चलचित्र संगीततर्फ बाटो मोडेका संगीतका पोखरेलले धेरै चर्चायोग्य संगीत, शब्द दर्शक स्रोतासामु दिइसकेका छन् । अब उनको ठमेल डटकमको गीतले गायकको श्रेणीमा चर्चा बटुल्न सफल हुने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु