गायक मोक्तानका समाजसेवी हातहरु

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७२, शुक्रबार

गत बैशाख १२ मा गएको विनाशकारी भुकम्प पछि सहयोगी हात धेरै नै देखिएका थिए। तर ति भुकम्पमा परि घरबार गुमाएर यो जाडोमा कठ्यांग्रीन बाध्य छन् भने कमै सहयोगी हात देखिएका छन्। यसका साथै तराइमा पनि शितलहरले राम्रै संग छोईरहेको छ । मधेश आन्दोलनको चपेटासंगै तराइ शितलहरको मारमा पनि परेको छ। तराइमा गर्मि मा असाध्यै गर्मि हुन्छ भने जाडोमा पनि कयौ ले चिसो कै कारण ज्यान गुमाउनु पर्छ। केहि दिन अगाडी मात्र राजधानीमा पुर्व प्रधानमन्त्रि माधव कुमारनेपाल को हातबाट फर्माइस को विमोचन गराएका गायक हेमन मोक्तानले शितलहरको कारण ज्यान गुमाउनु नपरोस् भन्दै आफ्नै गृह जिल्ला सर्लाहीमा न्यानो लत्ता कपडा वितरण गरेका छन्। केहि दिन यता घाम समेत राम्रतो संग देखन नपाएका सर्लाही जिल्लाको लालबन्दी नगरपालिका हरिभवन स्थित मुसहर,डुम बस्तिका बिपन्न परिवारका झण्डै दुईसय भन्द बडि बालबालिका र वृद्धवृद्धा हरुलाई न्यनो लत्ताकपडा र कम्बल बितरण गरेका छन् ।

heman moktan
हरेक सालझै यो साल पनि तराईमा हुने शीतलहरले हुने मानबवय क्षतिलाई कम गर्न मानव जीवन संरक्षण मंचका अध्यक्ष समेत रहेका गायक हेमन मोक्तानले सफलता एच.आई.भी. शिक्षा सदनका सस्थापक राज कुमार पुन को सहकार्यमा लत्ता कपडा वितरण गरेका हुन्। ‘हामी एचआईभी पिडित बालबालिकाहरुका लागि काम गर्दै आएका छौ तर हामीले सक्छौ भने किन सहयोग नगर्ने भन्दै बालबालिकासंगै वृद्धवृद्धा हरुलाई न्यनो लताकपडा र कम्बल वितरण गरेका हौ’ हेमनले बताए। लताकपडा वितरणका साथै सर्लाहीको अत्रौली गाविस स्थित श्रीराम अबतार मा.बि. मा कक्षा एक देखि पाँच सम्मको आर्थिक स्थिती नाजुक भएका बिद्यार्थी बालबालिकाहरुलाई कपिकलम स्टेशनरि सामान लगायत खेलकुद सामाग्री बितरण गरिएको हेमनले बताए।

heman moktan 2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु