गायक राजेशपायल बिहेका लागि दोधारमा

म्यूजिक खबर
प्रकाशित: २ पुष २०७२, बिहीबार

काठमाडौं । आफूभन्दा पछिल्लो पुस्ताका समेतले घरजम गरेर बसिसके पनि भर्सटायल गायक राजेशपायल राई अविवाहित नै छन् । अब विवाह कहिले ? यो मंसिर कट्छ कि कट्दैन ? ०७२ सालभित्र विवाह गर्ने कि नगर्ने ? अथवा विवाहको योजना के छ ? जस्ता कैयौं प्रश्नहरुको सामना गर्दै आएका छन् गायक राई । पोहोर सम्म यस्ता प्रश्न नायक राजेश हमाल र गायक राजेशमा बाँडिने भएकाले केहि सहज हुन्थ्यो होला तर हमालले घरगृहस्थीमा प्रवेश गरिसकेका छन् । भने गायक राजेशपायल यतिन्जेल एक्लो नै छन् । उनीले यस मंसिरमा पनि लगन जुराएनन । बुधबार एक अनलाइन पोर्टल डटकमको सार्वजनिकमा कार्यक्रममा दुवै राजेशबीच विवाहकै प्रशंगमा अन्तक्र्रिया भयो ।
दिनेश डिसीले सञ्चालन गरेको अन्तरक्रियामा गायक राजेशले आफू विवाहको विपक्षमा नरहेको प्रष्ट्याउँदै भने, ‘मेरो चित्त बुझ्दा आमाबुबाको नबुझ्ने अनि उहाँँहरुको बुझाउन लाग्यो भने आफ्नो नबुझ्ने । दुवैको सोच क्रस हुँदा विवाह हुन नसकिरहेको हो । उनले आफुलाई भगवानले पनि सधै एक्लो जिवन नराख्नेमा विश्वास व्यक्त गरेका थिए । यसरी यो सालको मंसिर त कट्यो नै ०७२ सालमा पनि गायक राजेशको बिबाहको खबर सुन्न नपाइने सम्भावना बुझ्न सकिन्छ ।

rajesh2
त्यस्तै बिबाहकै प्रसंगमा नायक हमालले भने –‘विवाह भनेको कसैले कसैलाई सल्लाह दिएर हुने हैन । तर उहाँ यति लामो समयसम्म अविवाहित रहनुको कारण चाहीँ के हो र? नायक राजेशले सँगै बसेका गायक राजेशतर्फ इंगित गर्दै भने, ‘मलाई त कुनैबेला घर र गृहस्थी भन्नेमै विश्वास लाग्दैनथ्यो । म त्यसको लागि जन्मेकै होइन भन्ने लाग्थ्यो । उहाँलाई पनि त्यस्तै भएको हो वा के हो रु तर धैर्यता राख्नुस् । मैले बिहे गरें भनेर तपाई आत्तिएर बिहे नगर्नुस् । नायकले ठट्यौली पस्कदै गायक राजेशलाई सुझाव दिए ।

अनलाइन पोर्टल सार्वजनिक कार्यक्रममा दिनेश डिसीले दुवै राजेशलाई अनलाइन समाचारका कारण अप्ठ्यारो अवस्था आएको भए साझेदार गर्न आग्रह गरे । नायक राजेशले भने अनलाइन समाचारको बचाउ गर्दै बोले, ‘कलाकार भइसकेपछि सकारात्मक वा नकारात्मक दुवै खालै प्रतिक्रिया आउछन् नै । त्यसलाई ब्यालेन्स गर्न सक्नुपर्छ । प्रतिक्रियाविहिन रहनु खतरनाक अवस्था हो । त्यसो त उनले पछिल्लो समय पाठकलाई तान्ने नाममा झुटा र आकर्षित शीर्षक राख्ने गरेकोप्रति टिप्पणी पनि गरे । सोमबारदेखि सार्वजनिक गरिएको सेतोपर्दा डटकम अनलाईन पत्रिकाले कलाका विभिन्न पाटोहरु चलचित्र, रंगमञ्च, संगीत, साहित्य, चित्रकलालाई समेटेर सम्पूर्ण कला पत्रिकाको रुपमा ल्याइएको संचालकमध्येका एक राज शाहले बताए ।

म्यूजिक खबर डटकम कामना गर्दछ–गायक राजेशपायलले छिट्टै नै बिबाहको लगनगाँठो कसुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु