गायक लामिछानेलाई प्रतिष्ठानको ३० हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७३, आईतवार

पौष १७, काठमाण्डौ । घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर, पिढिँमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित र कर्णप्रिय गीतहरुका गायक बुद्धिकृष्ण लामिछानेलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सहयोग प्रदान गरेको छ । प्रतिष्ठानको कार्यालयमा गायक लामिछानेलाई अध्यक्ष बद्री पंगेनी, लोकदोहोरी प्रतिष्ठान कलाकार कल्याणकारी कोषका अध्यक्ष एवं प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीको हातबाट रु ३० हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग लिनका लागि प्रतिष्ठानको कार्यालय अनामनगरमा गायक लामिछाने आफैं आएका थिए ।

buddhi-krishna
गायक लामिछानेलाई सहयोग हस्तान्तरण गर्दै प्रतिष्ठानका अध्यक्ष पंगेनीले भने– ‘हामीले भन्यौ बुद्धिकृष्ण दाइ हामी हजुरलाइ भेट्न हजुरको घरमा आउदैछौ । तर दाइले भन्नू भो म धेरै ठिक भए म आफै लोक तथा दोहोरी गीत प्रतिष्ठानको कार्यालयमा आउँछु ।’ नभन्दै गायक लामिछाने प्रतिष्ठानको कार्यालय अनामनगरमा नै आउनुभयो र हामीले सकेको सहयोग ग¥यौं, संस्थाले सम्झेकोमा दाइ धेरै खुशी हुनुभयो, अध्यक्ष पंगेनीले भने । उहाँको स्वास्थ्य छिट्टै सुध्रियोस् र लोकगीतलाई अझ माथि लैजान उहाँको गीतहरु बजारमा आउने दिन आओस् स्वास्थ्यलाभको कामना गर्दछु अध्यक्ष पंगेनीले म्यूजिक खबरसँग भने ।

budhhikrishna-lamichhane
गायक लामिछाने विगत लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित बनेपछि प्यारालाइसिसबाट थलिएका थिए । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा रोग बल्झिँदै गएको थियो । अहिले सबैतिरबाट उनको उपचारका लागि खर्च जुट्ने क्रम जारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु