गायक संजिब पराजुलीको ‘सुनय’ एल्बम सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७४, आईतवार
Sunaya- sanjib-Parajuli
वैशाख १७, काठमाडौं । गायक संजिब पराजुली एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । पाँच वटा नेपाली आधुनिक गीतहरु समावेश गरिएको उक्त एल्बमलाई हालै एक समारोहका बिच वरिष्ठ गायक तथा संगीतकार शक्ति वल्लभ र वरिष्ठ संगीतकार राजु सिंहले विमोचन गर्नु भएको छ ।

गायक पराजुलीको एकल स्वरले सजिएको यस एल्बममा गीतकारहरु होमनाथ न्यौपाने, निष्प्रभ सजि र हर्कुलिस बस्नेतको शब्द रहेको छ भने संगीतकारहरु दिपक भट्टराई, हेमन्त राना र हर्कुलिस बस्नेतको संगीत सुन्न सकिन्छ । गायक पराजुलीलाई ‘प्रेम रंग’ बोलको गीतमा सुमधुर स्वरकि धनि बानिका प्रधानले साथ दिएकी छन् ।
‘सुनय’ गायक पराजुलीको पहिलो एकल एल्बम हो । अस्ट्रेलियामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका संजीब पराजुली नेपाली श्रोताहरु माझ चर्चित छन् । हालैमात्र सार्वजिनक गरिएको ‘नाई मलाई थाहा छैन’ बोलको गीत उनको सबैभन्दा रुचाइएको गीत हो । उक्त गीतमा गाइका टीका प्रसाईंले उनलाई साथ दिएकी छन् ।

बाबा एजुकेशन कन्सलटेन्सी द्वारा प्रायोजित उक्त गीतमा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । जसमा बिजेता हुने प्रतियोगी ए स्कवाएर क्रिउ’का आयुष चौधरी र अभय चौधरीलाई उक्त कन्सलटेन्सीले नगद रु. एक लाख पुरस्कार वितरण गरेको थियो भने अन्य उत्कृष्ट १० भित्र पर्न सफल प्रतियोगिहरुलाई सम्मान गरेको थियो । साथै यसै प्रतियोगिताका प्रतियोगि नं. १५ का प्रतियोगी नागी डान्स सेन्टर, इटहरीको भिडीयोलाई विशेष सम्मान र प्रोत्साहन स्वरुप नगद रु. २५,००० प्रदान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु