गायक सुनिल गिरीले गरे ‘घरवाली’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७४, शनिबार

Sunil giri-Aarusi Magarअसार १७, काठमाडौं । मोडल आरुषी मगरलाई गायक सुनिल गिरीले घरवाली बनाएका छन् । वास्तविकतामा आरुषी गायक गिरीको घरवाली बनेकी भने होइनन् । सुनिल गिरीको आवाज रहेको ‘घरवाली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

 

लामो समयको अन्तराल पनि गायक गिरीले आफ्नै स्वर, शब्द तथा सङ्गीतमा रहेको गीत बजारमा ल्याएका हुन् ।
‘घरवाली’ बोलको उक्त गीतलाई एरेन्ज भने अल्मोडा राना उप्रेतीले गरेका छन् ।

 

म्युजिक भिडियोमा आरुषी मगर सँगै नृत्य समूह भीमफेदी गाइजले नृत्य गरेका छन् । भिडियोको निर्देशन र छायाङ्कन रुपेश थापाले गरेका छन् भने पवन सिम्खडाले सम्पादन र श्याम कुँवरले रङ्ग संयोजन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु