गायक हरी सुनारको “कोमल मन” बजारमा (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७४, बुधबार

२२, कार्तिक काठमाडौं । धादिंग जिल्लामा जन्मिएका गायक हरी सुनारको निकै मर्मस्पर्सी लोक दोहोरी गीत “कोमल मन” लाई भावना म्युजिक सोलुसन प्रालिले सर्बत्र बजारमा उपलब्ध गराएको छ ।

“कोमल मन” लाई हरी सुनार र अहिलेकी बहुचर्चित गायिका देबी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय धुर्ब राजा धितालले तयार पारेका छन् । त्यसैगरी नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता देखि समर्पित धादिंग जिल्ला मा नै जन्मिएका अर्का होनाहार कलाकार प्रदिप अधिकारीले यस गीतको शब्द तयार पारेका छन् ।

 

पछिल्लो समयमा कुनै पनि गीत संगीत को पूर्ण आनन्द लिन मात्र कानको श्रवनले नपुगी आँखाको रमझम बाट पनि गीत संगीत रुचाइने गरिन्छ । त्यसैले अशंख्य दर्शकहरुलाई लक्षित गरेर यस गीतको म्युजिक भिडियो पनि निर्माण भैसकेको छ । भावना म्युजिक सुलुसन प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा मोडलिंग क्षेत्रका लागि निकै आशा लाग्दा कलाकार सालिग्राम सिलवाल र चर्चित मोडल सगुन शाहीको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमर शाक्यले गरेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु