गायक हेमन्त शर्माका छोरा हिरक पनि गायनमा

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७४, शुक्रबार

भाद्र २३, काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्माका छोरा पनि गायनमा आएका छन् । अध्ययनजको सिलसिलामा हाल अष्ट्रेलियामा रहेका शर्माका जेठा छोरा हिरक हेमन्त भट्टराईले पहिलो पटक गाएको गीत ‘आइ आएम सरी’बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आफ्ना बाबु हेमन्त शर्माको शब्द संगीत रशेको उक्त गीत हिरकले २ वर्ष पहिला नै गाएका हुन् । पहिलो पटक गीत गाएका हिरकको स्वर सार्वजनिक गीतमा फिट सुनिएको छ ।

गीतको म्यूजिक भिडियोमा रुक्शा शर्माका साथमा गायक हिरकले नै अभिनय गरेका छन् । गायनमा लामो समय व्यतित गरेका हेमन्त शर्माले आफ्नो दोस्रो पुस्ताले पनि आफ्नो क्षेत्रलाई निरन्तरता दिदा खुशी लागेको बताएका छन् । उता, हिरक पनि आफ्ना पिताको बाटोमा हिड्न पाउँदा खुशी भएको बताउँछन् ।

आइएम सरीको म्यूजिक भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु