गायत्रीको चुलबुले माया (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार

काठमाडौं । गीतकार गायत्री थापाले आफ्नो पछिल्लो गीतिसंग्रहका रुपमा चुलबुले माया सार्वजनिक गरेकी छिन् । सफल गीतकारको रुपमा परिचित रहेकी गीतकार गायत्रीले आफ्नै कम्पनी शिवदर्शन डिजिटलबाट उक्त गीतलाई बजार प्रबद्र्धन गरेकी हुन् ।
शब्दका माध्यमले सफल गीतकारको श्रेणीमा आफूलाई स्थापित गर्न सफल भएकी थापाले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । यिनै गीतकार गायत्री थापाको शब्द रहेको चुलबुले मायाको भिडियो सार्वजनिक गरिएको छ । गीतमा नेत्र बन्धन केसीको संगीतमा गायक बिदुर घिमिरे र गायिका रिता केसीको स्वर रहेको छ । चुलबुले माया बोलको गीतमा दिपेश कार्की र उनकी सहोदर बहिनी दीपाको साथमा गणेशको सशक्त अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा दुर्गा पौडेलले छायाँकन रहेको छ भने जीवन सेन्चुरीले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु