गायत्रीको ‘सपना’

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७१, शुक्रबार

काठमाडौं, १६ जेठ । एल्बमको बिक्रीबाट लगानी फिर्ता हुन छाडेपछि गायकगायिकाले गीतहरूलाई संग्रह गरेर एल्बमको रूप दिन छाडेका छन् । बरु, एउटामात्रै गीत रेकर्ड गर्ने र त्यसलाई सार्वजनिक गर्दै डिजिटल मार्केटमा चर्चित बनाउने टे«न्ड आएको छ । तर, गीतकार गायत्री थापाले भने पछिल्लो समय चर्चा कमाएका आफ्ना गीतहरूलाई संगृहीत गर्दै ‘सपना’ नामक एल्बम तयार पारेकी छिन् । उनको यो दोस्रो एकल एल्बम हो । ‘फूलजस्तो मन’ बोलको गीत हिट भएपछि आधुनिक गीत लेखनमा जोशिएकी गायत्रीका ‘ए निष्ठुरी कता गयौ’, ‘मलाई छाडी’ लगायत गीत युट्युब र सीआरबीटी÷पीआरबीटीमा रुचाइको उनले बताइन् । ‘सपना’ मा स्वरूपराज आचार्य, अञ्जु पन्त, प्रमोद खरेल, उत्तम थापा, अञ्जना गुरुङ आदिको स्वर छ । महेश खड्का, राजेन्द्र श्रेष्ठ, पदम रोका र अर्जुन पोखरेलले संगीत भरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु