गायत्रीलाई माइती घरको झल्को

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७२, बिहीबार

काठमाडौं । गीतकार गायत्री थापालाई तिज नजिकिँदै गर्दा माइतीघरको झल्कोले सताउन थालेको छ । सांगीतिक क्षेत्रमा सफल गीत रचना गर्दै आएकी गीतकार थापाले लेखेका गीतहरुले नेपाली माटो बोल्ने गरेको हुन्छ, समाजको चित्रण गरेको हुन्छ । सामाजिक परिवेशमा रहेको हिन्दू नारीहरुको महान् चाड तिज नजिकिँदै गर्दा थापालाई माइतीघरको सम्झना आउनु पनि स्वभाविक नै हो । चाडबाड आएपछि चेलीबेटीलाई माइतीगाउँको कुकुर आए पनि प्यारो हुन्छ भन्ने गरिन्छ । पक्कै पनि थापाका लागि पनि यी कुरा लागू हुन्छ ।

gayatri thapa copy

बाआमा भा’भए आइहाल्थे लिन
बिर्सीहाले दाइभाइले सम्झिन
माइतीघरको झल्कोले परेली भिजायो
म अभागी छोरीलाई त नआए नि हुन्थ्यो तिज बरिलै हो माइती हुनेलाई तिज आयो

गायत्री थापाले लेखेका शब्दले माइती हुनेका लागि मात्र तिज रहेछ भन्ने कुरालाई प्रष्ट्याएको छ । वर्षभरिका दुःख पीडालाई बिर्सेर तिजमा माइतीघरमा नाच्ने गाउने गर्ने अवसर गुमेको अवसरलाई गीतकार थापाले गीतमार्फत् व्यक्त गरेकी छन् ।
देवी घर्तीको स्वरमा रहेको माइती घरको झल्को बोलको गीतलाई राजु सुनामले संगीत दिएका छन् । गायत्री थापाका शब्द रहेको यस गीतलाई शिवदर्शन डिजिटलले बजार प्रबद्र्धन गरेको हो । गायत्री थापा र भूपाल केसीको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई रामेश्वर हुमागाईंले छायाँकन गरेको हुन् भने सम्पादन र निर्देशन जीवन सेन्चुरीको रहेको छ । माइती घरको झल्को यतिबेला डिजिटल मार्केटमा चर्चा बटुल्न सफलभएको गीत हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु