
रोशन पोखरेल , काठमान्डाँै , असोज ३
आधुनिक सुगम संगीतमा उदयिमान नव प्रतिभा गायिका इन्दिरा भटटराईको स्वरमा रहेको “ ढुक्ढुकी ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ ।
शान्ती प्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन , अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादनमा भिडियो तयार गरिएको छ । गीतमा प्रेमी प्रेमीकाको जोडिको रुपमा अनु शाह , श्रीदेव र जेनिसाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो