गायिका एन्जिलाले यतिबेला किन भनिन् ‘क पुरी क’ भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

anjila-regmiकाठमाण्डौ । सुमधुर स्वरकी धनि गायिका एन्जिला रेग्मी संगीत क्षेत्रको छोटो यात्रामा पनि स्थापित अनि लोकप्रिय नाम हो । विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा रोजाईमा पर्ने गायिका एन्जिलाले सांस्कृतिक प्रस्तुति दिन वैदेशिक यात्रा समेत गरिसकेकि छिन् । यसरी सांगीतिक करियरलाई चम्काउँदै अगाडि बढेकी गायिका एन्जिलाले यतिबेला अचानक क पुरी क, ABC भन्दैछिन् । वर्तमान सन्दर्भमा अढाई तिन वर्षका नानीबाबुलाई सिकाइने नेपाली वर्णमालाको पहिलो अक्षर कपुरी क अनि अंग्रेजी शब्दको ABC आखिर किन भन्दैछिन् त एन्जिला ?

सांगीतिक सफलतासँगसँगै उच्च शिक्षा लिइरहेकी एन्जिलाले वास्तविक जिवनमा भने कसैलाई क पुरी क सिकाएकी होइनन् न त यतिबेल आफु सिक्दैछिन । भर्खरै सार्वजनिक भएको रोमान्टिक थिममा तयार भएको क पुरी क बोलको गीतमा गायिका एन्जिलाले गायक सुनिल कटुवालको साथमा आवाज दिएकी हुन् ।

भिडियोमा हास्य टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठको प्रेमको सुरुवात नौलो तरिकाले गरेका छन्, त्यो हो कपुरी क भन्दै । ‘क पुरी क’ बोलको गीतमा फोटो खिच्दा खिच्दै उनीहरु प्रेममा परेकको देखाइको छ । गीतमा ताराबाजी लै लै जस्ता बालकले प्रयोग गर्ने शब्दहरुको प्रयोगले पनि गीतकार भीम बिसीको शब्द पनि तारिफ योग्य छ । भीम बिसीको शब्द र संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको एरेन्ज रहेको छ । रोमान्टिक थिममा तयार पारिएको उक्त भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु