गायिका काव्यको ‘काव्य’ लोकार्पण

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७०, बिहीबार

गायिका काव्य आचार्यको आधुनिक गीतिसंग्रह काव्य लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच प्रमुख अतिथि गीतकार डा.कृष्णहरि बरालको हातबाट गीतिसंग्रह काव्यको लोकर्पण गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति गीतकार डा. बरालले गीतिसंग्रह काव्य अन्य महाकाव्य र खण्डकाव्य भन्दा माथि रहेर गीतिकाव्यको रुपमा परिचित हुनेमा विश्वस्त रहेको बताए । बरालले पछिल्लो समयमा नयाँ नयाँ प्रतिभा आउनेक्रममा गायिका काव्य आचार्य एउटा राम्रो प्रतिभा पाएको बताएका थिए । स्वर, संगीत र शब्दमा राम्रो ज्ञान भएको गायिका भएको बताउँदै बरालले उनको आगामी भविश्य उज्ज्वल होस् भन्ने शुभकामना दिएका थिए ।
त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले गायिका काव्य आचार्य एकदमै मेहनत गरेर सबै कुरामा ध्यान दिने गायिकाको रुपमा आफूले पाएको बताएका थिए । गायिका आचार्यको प्रतिभा र उनको क्षमता देखेर आफूले पनि विश्वासका साथ सहयोग गरेको श्रेष्ठले बताएका थिए । पछिल्लो समयमा गीतहरु बिक्री नभइरहेको अवस्थामा गायिका आचार्यले चुनौति मोल्दै एल्बम निकाल्नु आफैंमा सह्रानीय भएको बताएका थिए ।
त्यस्तै गीतकार भावेश भुमरीले गायिका काव्य आचार्यको प्रतिभामा आफू पनि सहयोग गर्न पाएको खुशी व्यक्त गर्दै एल्बमभित्र रहेका गीतहरुको समीक्षा गरेका थिए । संगीत उद्योग अहिलेको अवस्था भनेको बालुवामा पानी हालेजस्तो भएको अवस्थामा काव्य आचार्यले एल्बम निकाल्नु आफैंमा चुनौति भएको बताउँदै गायिकाको प्रयास सफल रहेको बताएका थिए । गीतहरुको शब्द चयनका बारेमा पनि ज्ञान भएको गायिकाको रुपमा पाएको बताउँदै भुमरीले एल्बमले सफलता पाउनेमा ढुक्क भएको बताएका थिए । कार्यक्रममा म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीले सबैलाई शुभकामना दिँदै एल्बमको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा गीतकार डा.तीर्थराज रेग्मी, संगीतकार श्रीकृष्ण बममल्ल, गणेश चौधरी, अविद, रापती समाज काठमाडौंका अध्यक्ष एकराज आचार्य, एरेन्जर विष्णु अधिकारीलगायतका स्रष्टा एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
काव्य एल्बममा ६ वटा गीतहरु समावेश गरिएको छ भने कर्ण चापागाई, भावेश भुमरी, डा. कृष्णहरी बराल, डा. तीर्थराज रेग्मी र गायिका काव्य आचार्यकै शब्द रहेको छ भने श्रीकृष्ण बममल्ल, गणेश चौधरी, सन्तोष श्रेष्ठ, गैरे सुरेश र गायिका स्वयम्को संगीत रहेको छ । एल्बमलाई गोल्डेन क्रियशन प्रालिले बजार प्रबद्र्धन गरेको हो

 

kabaya acharya_2

 

kabaya acharya_3

 

kabaya acharya_4

 

 

kabaya acharya_1

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु