गायिका केसी हत्याको आशंका, श्रीमान पक्राउ

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०७२, बिहीबार

काठमाडौं । लोक दोहोरी गायिका आसा केसीको आत्महत्या भनिएको भए पनि पोष्टमार्टमको रिपोर्ट अनुसार हत्या भएको हुनसक्ने आशंका गरिएपछि उनका श्रीमान विजय भनिने लक्षु लामालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बौद्धले केसीको आमाबाबुको उजुरीलाई आधार मानेर पक्राउ गरी अनुसन्धान थालेको बताइएको छ ।

गोरखा देउराली घर भई हाल फेवा दोहोरी साँझमा गीत गाउँदै आएका गायिका केसीको आत्महत्या भएपछि पोष्टमार्टमका लागि लगिएको भए पनि रिपोर्ट अनुसार ५० एमएम विषको गन्ध मात्र भेटिएको, खुट्टामा चोट लागेको र घाँटीमा कोतरिएको अवस्थामा लास रहेको हुँदा विष सेवनबाट नै आत्महत्या नभएको शंका गरिएको छ । काभ्रे घर भएका श्रीमान विजयको आसा कान्छी श्रीमती भएको बताइएको छ । पहिला सँगै बस्दै आएका विजयले पछिल्लो समय जेठी श्रीमतीसँग बस्दै आएको र केसीलाई आफ्नो सुर गर भनि विभिन्न लान्छना लगाउँदै आएको कारण दिनदिनै झगडा हुँदै हुँदा उनको हत्या भएको आशंका गरिएको छ ।

aasha kc
उनको हत्या भएको आशंकामा यतिबेला लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीय समिति र उपन्वय समितिका सदस्यहरु, लोकगीतको क्षेत्रमा कार्यरत गायक गायिकाहरु बौद्ध प्रहरी चौकीमा भेला भएर घटनाको छानबिनका लागि दबाब दिइरहेको गायक पीएन सापकोटाले जानकारी दिए ।
२५ वर्षीय गायिका केसीले पछिल्लो समय गायक रामचन्द्र काफ्लेसँग तिम्रो दिलको पोष्टमा गोल गर्न चाहन्छु बोलको गीत गाएकी छन् भने विभिन्न स्टेज प्रोग्रामहरु गर्दै आएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु