गायिका खनालको स्वरमा राष्ट्रिय गीत

म्यूजिक खबर
प्रकाशित: २४ मंसिर २०७२, बिहीबार

काठमाडौं । पछिल्लो समय गायनमा जम्दै आएकी गायिका एलिना खनालले गायक सुवास लामाको राष्ट्रिय गीतमा पनि स्वर दिएकी छिन् । पछिल्लो समय मुलुकमा नाकाबन्दी लगाइएको सन्दर्भलाई लिएर गायक सुवास लामाले राष्ट्रिय गीत गाएका हुन् । गीतमा गायक सुवास लामा र गायिका एलिना खनालको स्वर रहेको छ । गीतमा छिमेकी मुलुक भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई केन्द्रित गरी म्युजिक भिडियो बनाइएको छ । बिपीन आचार्यको शब्द र संगीत रहेको यस गीतमा सञ्चारकर्मी जुनबहादुर तामाङले निर्देशन गरेका छन् ।

12336452_480893602097781_969512439_n

सिनेसाइड डिजिटल प्रालिका रामेश्वर जिरेलद्वारा छायाँकन तथा सम्पादन रहेको छ । नेपालको स्वाधिनतामाथि आधारित भिडियोमा वरिष्ठ कलाकार सुवास गजुरेल, बिपी अस्पतालका डा.सन्दिज कोइरालाले पनि अभिनय गरेका छन् । म्युजिक भिडियोको अन्य कलाकारहरुमा एरिन तामाङ, संजिता ङार्थेन, तामाङ डाजाङका सम्पादक इन्द्रकुमार तामाङ, रोजी घले, गायक लामा, गायिका खनालको समेत अभिनय रहेको छ । करिव सात मिनेटको भिडियोमा औषधि अभाव, स्वाधिनता लगायतका प्रसङ्गलाई जोडिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु