गायिका जुना बनिन् पागल (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७२, मंगलवार

गायिका जुना प्रसाईं यतिबेला पागल भएकी छिन् । नेपाली संगीत क्षेत्रकी चर्चित र लोकप्रिय जुना मोडल कुमार रेग्मीको प्रेममा पागल भएकी हुन् । भर्खरै सार्वजनिक भएको ‘पागल’बोलको गीतको म्यूजिक भिडियोमा उनि पागल भएर सार्वजनिक भएकी हुन् । नेपाली चलचित्रमा पाश्र्वगायनमा बलियो उपस्थिति जनाउँदै आएकी जुना उक्त म्यूजिक भिडियो मार्फत मोडलको भूमिका समेत निर्वाह गरेकी छिन् ।

juna

उद्दवराज पौडेलको एरेन्ज तथा संगीत रहेको उक्त गीतको शब्द भने जुनाकै रहेको छ । निकेश खड्का निर्देशीत उक्त भिडीयोमा सिनेम्याटोग्राफी भने धिरज जंग शाहको रहेको छ । भिडीयोलाई निशान घिमिरेले सम्पादन गरेको हुन् । पछिल्लो दिनमा अब गायन सँगसँगै मोडलिङलाई पनि निरन्तरता दिने उनले बताइन् ।

भिडियो हेर्नुहोस् (watch vidio)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु