गायिका टिका प्रसाईं ‘परें माया जालैमा भन्दैछिन्’ (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७३, शनिबार

tika-prasain-singer

काठमाडौं । गायिका टीका प्रसाईं यतिबेला परें माया जालैमा भन्दैछिन् । ‘सेल्फी को जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको ‘तिमी भन्छौ भने, ‘नतोडन ती बाचाहरु’ लगायत अरु धेरै चर्चित गीतहरु बाट लोकप्रिय गायिकाकाको छवि बनाइसकेकी टिकाको स्वरमा एकसय बढी गीतहरु रेकर्ड भइसकेका छन् । यसरी सांगीतिक क्षेत्रमा चम्कदै गर्दा आखिर कसको मायामा परिन् होला त गायिका प्रसाईं । भलै वास्तविक जिनवमा कसैको मायामा परेकि छिन् वा छैनन् तर अहिलेको प्रसंग हो उनको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ । गायिका प्रसाईंको ‘मेलोडी’ एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् । जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत ‘तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ।

भिडियो हेर्नुहोस्:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु