गायिका डोमा शेर्पाका दुई भिडियो सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: २६ भाद्र २०७४, सोमबार

भाद्र २६, काठमाडौं । पुख्र्यौली घर दोलखा भए पनि दार्जिलिङमा हुर्किएकी नेपाली गायिका डोमा शेर्पा आफ्ना दुई नयाँ म्युजिक भिडियोमार्फत दर्शकमाझ आएकी छिन् ।

डोमाले गायक आङ तिन्जी शर्पासंग गाएको रोमान्टिक शेर्पा नादिन गीत ‘ये है कान्छी’ तथा पप गीत ‘अर्को जुनीमा होइन’ का भिडियो सार्वजनिक गरेकी हुन् ।

गायिका शेर्पाको आधुनिक शैलीको गीत ‘अर्को जुनीमा होइन…’ को म्युजिक भिडियोको निर्देश्ँन भने सोनम पाख्रिनले गरेका छन् । उक्त गीतमा गायिका शेर्पाकै शब्द तथा संगीत सुन्न सकिन्छ । भिडियोमा भने जोर्डन राजभण्डारी तथा निशाले अभिनय गरेका छन् । बबी राज गहतराज उक्त गीतका संगीत संयोजक हुन् । रुपेश थापाले छायांकन गरेको उक्त गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् ।

‘अर्को जुनीमा होइन’

‘ये है कान्छी’ गीतमा पासाङ तेन्जि शेर्पाको शब्द तथा संगीत सुन्न सकिन्छ । उक्त गीतको भिडियोमा आङ तेन्जि शेर्पा तथा डोमा शेर्पाले अभिनय गरेका छन् । दीपक विष्टको सम्पादनको उक्त भिडियोलाई मुकेश हुमागाइ“ले छायांकन गरेका हुन् । उक्त यूगल गीतको भिडियोको निर्देश्ँन शेर साउदले गरेका हुन् ।

विज्ञान विषयमा स्नाताकोत्तर गरेकी गायिका शेर्पाले संगीतमा पनि स्नातक उत्तिर्ण गरेकी छिन् । खस, शेर्पा, तिब्बती, लिम्बु, बंगाली, हिन्दी आदि भाषाका गीतहरुमा समेत स्वर प्रदान गरिसकेकी गायिका शेर्पाले दर्जनौं नेपाली गीतहरु गाइसकेकी छिन् ।

‘ये है कान्छी’ म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु