गायिका तायाहाङ्माले पत्रकार राईलाई भनिन् कोही छ ?

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । रंग पत्रकारितामा विगत ६ वर्षदेखी सकृय विशाल राई अब मोडल बनेका छन् । ‘कोई छ’ बोलको एक गीतको म्युजिक भिडियो मार्फत मोड्लिङ सुरुवात गरेका हुन्, राईले । गायिका तायाहाङ्मा राईको दास्रो एल्बम ‘तराना’मा समावेश रहेको ‘काई छ’ बोलको म्युजिक भिडियोमा पत्रकार विशाल राईले मोड्लिङ गरेका हुन् ।
गत मंगलबार गदावरीमा सुटिङ गरिएको म्युजिक भिडियोलाई नेपाली म्युजिक भिडियोका ब्यास्त अनी सफल निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा स्वयम गायिका तायाहाङमा राईकोपनि मोड्लिङ रहेको छ । विशालको ३ मोडलसंगको रोमान्स म्युजिक भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक नितिनका अनुसार गीत राम्रो भएकाले आफुले म्युजिक भिडियोमा फरकपन दिन खोजेको बताए ।

koi xa
यु आर प्रो स्टाइल इन्टरटेन्मेन्टले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्, भने नन्दा अधिकारीको मेकअप रहेको थियो । म्युजिक भिडियोमा नमित चन्दले एसिस्टेन डाइरेक्सन गरेका थिए । प्रोडक्सन म्यानेजरमा पुजन सत्याल र अमृत ढुंगाना थिए । म्युजिक भिडियो अब १०–१२ दिनमा रिलिज गरिनेछ ।

koi xaa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु