गायिका तारा श्रीषको आवाजमा “ ऐसेलुको झालैले “ हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: २१ बैशाख २०७६, शनिबार

काठमान्डाँै ।
झझल्को म्युजिक प्रा लीको प्रस्तुतीमा पञ्चेबाजा गीत “ ऐसेलुको झालैले “ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दिलिप रेग्मी र गायिका तारा श्रीषको आवाजमा सजिएको मौलिक लोक लयमा आधारित गीत सार्वजनिक भएको हो ।
प्रविण खत्रीको शब्द सिर्जना तथा लय सिर्जना दिलिप रेग्मीले गरेका छन ।विवाह , बर्तब्रन्ध र अन्य पवित्र पर्वहरुमा आपसमा मिलेर खुशीयाली मनाउनको लागी प्रयोग गरिने पञ्चेबाजालाई संरक्षण गर्ने र नेपाली लोक गीतको जर्गेना गर्नका लागी भएपनी मौलिक पञ्चेबाजा गीतलाई बजारमा ल्याएको गायक दिलिपले बताए ।
मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा लव दिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । “ ऐसेलुको झालैले “ गीतमा दिलिप रेग्मी र विनु कार्कीको अभिनय देख्न सकिन्छ ।

“ ऐसेलुको झालैले “ गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु