गायिका पुजा काठमाडौं शहर घुमाउने कान्छाको खोजीमा

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७४, शुक्रबार

जेठ ५, काठमाडौं । पछिल्लो समयमा प्राय कन्सर्टहरुको माध्यम विभिन्न ठाउँ घुम्न ब्यस्त गायिका पूजा सुनुवार हाल भने काठमाडौ शहर घुमाउने कान्छाको खोजिमा छिन् । उमेरमा सबैलाई घुम्ने,घुमाउने र रम्ने,रमाउने रहर हुनु स्वभाविकै हो । पूजालाई पनि वैंशमा यो बेला कान्छा सङ्ग सरर–सरर काठमाडौ घुम्ने रहर जागेको छ रे । यसै भन्छ उनको नयाँ गीतले ।

गायिका सुनारको सुमधुर आवाजमा ‘सरर–सरर घुमाउन कान्छा काठमाडौ शहर’ बोलको गीत यतिबेला बजारमा आएको छ । गत नव वर्षमा स्रोताहरुलाई ‘नजर’ एल्बम उपहार दिएर चर्चित बनेकी गायिका पूजा त्यसपछि सेल्फी अर्थात ‘ट्युसन पढाउँछु‘’ बोलको गीत मार्फत अझ नेपाली संगित क्षेत्रमा सुपरिचित बन्न पुगेकी थिईन् । उनै ‘ट्युसन’ गायिका फेरि स्रोताहरु माझ ‘काठमाडौ शहर’ मार्फत नयाँ परिक्षामा उत्रीएकिछिन्।

pooja-sunuwar-kathmandu

वरिष्ठ गीतकार योगेन्द्रमणि दाहालको शब्द तथा वरिष्ठ संगितकार सुनिल मास्केको संगीत रहेको रोमाण्टिक गीत ‘काठमाडौ शहर’ मा चर्चित नायिका बेनिशा हमाल तथा मोडल निराजन प्रधानले अभिनय गरेका छन।प्रदिप श्रेष्ठको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन भने हरि हुमागाईले खिचेका हुन त्यस्तै एडिटिङ निशान घिमिरेको रहेको छ ।

‘काठमाडौ शहर’ लाई गत सोमबार मात्र ईमेज च्यानल टेलिभिजन मार्फत सार्बजनिक गरिएको हो । निर्माण युनिटको दावी अनुसार एकपटक सबैले हेर्नै पर्ने गरि मेहनत गरिएको उक्त भिडियो भाइव क्रीयसनले बजारमा ल्याएको छ । गीत युट्युब मा पनि स्रोता र दर्शकहरुले हेर्न र सुन्न सक्नुहुनेछ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु