गायिका मञ्जुको अवस्था चिन्ताजनक

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७०, शुक्रबार

काठमाडौं, चैत १४ । बाइक एक्सिडेन्टमा परेकी गायिका मञ्जु महतको अवस्था चिन्ताजक रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएको गायक राजन ठकुरीले म्यूजिकखबरलाई बताएका छन् । उनको दुर्घटनामा परेर एउटा खुट्टा काटिसकिएको छ भने ब्लड अहिलेसम्म नथामिएको अवस्था रहेको पनि ठकुरीले जानकारी दिए । उनको अवस्था एकदमै चिन्ताग्रस्त रहेको बताउँदै गीतकार शिव सुवेदीले भगवानसँग प्रार्थना गरिरहेको बताए ।  साथै, शुक्रबार, लोक दोहोरी कलाकारले राजधानीमा दोषीको कारबाही हुनु पर्ने माग गर्दै विरोध -याली निकाल्ने भएका छन् ।
उनको बिहीवार दिउसो साढे दुई बजे काठमाडौंको ठमेलबाट गीत रेकर्डिङका लागि मालश्री स्ुटडियो जानेक्रममा दुईवटा माइक्रोले बीचमा पारेर दुर्घटनामा पारेका थिए । आउँदै गर्दा उनी गल्कोपाखामा दुर्घटनामा परेकी हुन् । स्कुटीमा सवार उनलाई दुर्घटना हुनासाथ तत्काल उपचारका लागि मनमोहन मेमोरियल हस्पिटल पु¥याइए पनि उनको त्यहाँ उपचार हुन नसकेपछि शिक्षणहस्पिटल पु¥याइएको थियो । त्यहाँ पनि उनको उपचार नहुने टोखास्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा रिफर गरिएको थियो, हाल ग्रान्डीमा उपचार भइरहेको छ भने उनको अवस्था चिन्ताजनक बन्दै गएपछि गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको ग्रान्डी हस्पिटलमा उपस्थिति भइरहेको गीतकार सुवेदीले जानकारी दिए ।
उनलाई बा १ ज ९२१३ को माइक्रो र अल्फाबेट खुल्न नसकेको हाइस २०७१ले ठक्कर दिएका थिए । दुइटै गाडी र चालकलाई सोह्रखुट्टे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । म्यूजिकखबर डटकम उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु