गायिका रेखा शाह पक्राउ

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७२, सोमबार

सिमसिमे पानीमा बोलको गीतबाट चर्चा बटुलेकी गायिका रेखा शाह पक्राउ परेकी छन् । गायिका शाहसहित उनका श्रीमान इन्द्र गुरुङ पनि पक्राउ परेका छन् । गायिका शाहले ऋण दिएको व्यक्तिमाथि धम्क्याएका कारण उनीहरुमाथि ठगीको उजुरी परेको बताइएको छ । उजुरीपछि महानगरी प्रहरी परिसरले शाह दम्पतीलाई छलफलका लागि कार्यालयमा बोलाएको भए पनि शाहले एसएसपी विक्रमसिंह थापासँग ‘यो पुलिसले हेर्ने केस होइन’ भन्दै मुख लागेपछि शाहलाई हिरासतमा लिइएको प्रहरी स्रोतको दाबी छ ।

गायिका शाह दम्पत्तीले क्यासिनोमा जुवा खेल्न सन्दिपराज काफ्ले नाम गरेका व्यक्तिलाई पैसा लगानी गरेको खुल्न आएको छ । सोही पैसा उठाउन काफ्लेका बाबु सुवासराज काफ्लेलाई धम्काएपछि उजुरीका आधारमा प्रहरीले शाह दम्पतीलाई पक्राउ गरेको हो ।

Rekha_Shah_21

रेखासित व्याजमा लिएको पैसा तिर्न नसकी सन्दिपराज सम्पर्कविहीन भएपछि रेखाले उनका बुवा सुवासराजसित ताकेता गर्दै रकम बुझाउन दबाब दिएकी थिइन् । प्रहरीका अनुसार रेखासँग सन्दिपलाई ऋण दिएको ७३ लाख रुपैयाँ बराबरको चेकको अधकट्टी छ । तर वास्तविकता बाहिर नआएको हुँदा घटनाको थप अनुसन्धान भइरहेको एसएसपी थापाले जानकरी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु