गायिका लक्ष्मी राईको ‘मनमा ठूलो…’

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७४, सोमबार

बैशाख ११, काठमाडौं । गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्दमा तयार पारिएको आधुनिक गीत ‘मनमा ठूलो…’ को म्युजिक भिडियो आज सोमबार सार्वजनिक भएको छ । ‘केशव पौडेल’द्वारा संगीतबद्ध यो गीतमा गरेका हुन् । आमोश तामाङ यो गीतका संगीत संयोजक हुन् ।

Laxmi Rai Video
यूट्युबमार्फत प्रिमियर गरिएको यो भिडियोलाई संगीतकर्मी डिबी खड्काले निर्देशन गरेका हुन् । गायिका राईको दोस्रो एकल एल्बम ‘दोस्रो भेट’ समावेश यो गीतको म्युजिक भिडियोमा मोडल विजयलक्ष्मी राई तथा थिएटर आर्टिष्ट ज्योती राईले अभिनय गरेका छन् । उनीहरु क्रमशः छोरी तथा आमाको भूमिकामा प्रस्तुत भएका छन् ।

Singer Laxmi Rai
अजय रेग्मीद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुरेश राउत हुन् । यो गीतको शब्द–शब्दमा हाम्रो समाजको युवापुस्ताले परदेशमा भोग्दै आएको तथा भोगिरहेको वास्तविक यथार्थत अर्थात दुःखपीडाहरुलाई समेटिएको छ । हरेक युवा आफ्नो मनभरी अनगिन्ति सुखका ठूल्ठूला सपना बोकेर विदेशिएको हुन्छ तर विदेशमा सोचेको जस्तो सुख र सुविधा छैन । त्यही विदेशमा भोगेका दुःखहरुको वास्तविकतालाई नै यो गीतमा चित्रण गरिएको छ । यो म्युजिक भिडियोलाई डाइनामिक नेपालले उत्पादन गरेको हो ।

बिदेशमा दुःख भोगी रहेका युवापुस्तालाई लक्षित गरि बनायएको भिडियो यस्तो छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु