गायिका सुनिता दुलालले शुरु गरिन् अनलाइन मै व्यवसाय

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७३, आईतवार

sunta

काठमाडौं, ३ पुष । सामाजिक सञ्जाल फेसबुकमा अत्याधिक फलोअर्स कमाउन सफल सेलिब्रेटी मध्येकी एक हुन लोक गायिका सुनिता दुलाल । आफु चर्चित हुनुमा सामाजिक सञ्जालको ५० प्रतिशत हात रहेको महशुष गरेको बताउने गायिका दुलालले गायन र मोडलिङको अतिरिक्त व्यवसायमा पनि हात हालेकी छिन् ।

गीत संगीत प्रस्तुतिको शिलसिलमा स्वदेश एवं विदेशका विभिन्न स्थानमा पुगेकी सुनिताले साथीभाई र प्रसंसकहरुको सुझाबको आधारमा अनलाइन सपिङ सुरु गरेको बताइन् । स्वदेश एवं विदेशमा बस्ने जोसुकै ब्यक्तिले सुनिता मार्फत आफुलाई आवश्यक परेको सामग्री खरीद गर्न पाउनेछन् । ‘केहि कुरा प्रविधीले सिकाउदो रहेछ केहि कुरा समयले । मैले प्रविधीको उपयोग गरेँ’ उनको भनाई थियो । समय र प्रविधीको उपयोग गर्न सक्यो भने मात्रै ब्यक्ति सफल हुने उनको भनाई थियो ।sunita-dulalपछिल्लो पुस्ता घण्टौ अनलाइनमा ब्यस्त हुने अनुभव गरेकी सुनिता त्यहि समयलाई केहि समय ब्यापारिक प्रायोजनमा लगाउन उनी सुझाब दिन्छिन् । उनले विषेश त अहिले बुटिकका सामग्री अर्डर लिएर ग्राहकसम्म पू¥याउने गरेकी छिन् । उनलाई डिजाईनमा ड्रिम वेयर बुटिककी मञ्जु बञ्जराले सहयोग गरेकि छिन् ।

ब्यापार सुरु गरेपछि गीत संगीतप्रतिको आफ्नो यात्रा निरन्तर रहने उनको भनाई थियो । गायनको अतिरिक्त समाजसेवामा पनि उनको सक्रियता बढ्दो छ । केहि समय अघि उनले सिन्धुपाल्चोकको खमारेस्थित श्री रामेश्वर माध्यमिक विद्यालय खमारे स्कुलका विद्यार्थी र शिक्षक शिक्षिकालाई पोशाक वितरण गरेकि थिइन् । सोही जिल्लाको नाम्फास्थित घिउलदेवी निम्न माध्यमिक विद्यालयलाई पनि आवश्यक फर्निचर वितरण गरेकि थिइन् । उक्त सहयोग गायिका सुनिताको संयोजनमा विदेशमा रहेका विभिन्न शुभचिन्तकहरुले उपलब्ध गराएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु