गायिका स्वरुपालाई पुत्रीलाभ !

म्यूजिक खबर
प्रकाशित: २० फाल्गुन २०७४, आईतवार

काठमाडौं । भजन, लोक, पप, लोक पप र आधुनिक सबै बिधाका गीत गाएर भर्सटायल गायिकाको छवि बनाउन सफल गायिका स्वरुपा रसाइलीलाई पुत्रीलाभ भएको छ ।

२०७३ सालको असार महिनामा व्यवसायी तथा गीतकार बिजय सुनारसँग बैबाहिक बन्धनमा बाँधिएकी स्वरुपा दम्पत्तीलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको हो । २०० बढी गीतमा स्वर भरिसकेकी रसाइलीलाई हिजो अर्थात फागुन १९ गते सन्तान सुख मिलेको हो ।

यो खबर सम्प्रेषण गरेसँगै भन्नैपर्छ की नेपाली सांगीतिक क्षेत्रकी अब्बल गायिका स्वरुपा आमा बनेसँगै यसै क्षेत्रका अब्बल हस्तीहरु संगीतकार बिबि अनुरागी र साउण्ड इन्जिनियर श्यामश्वेतको जीवनमा पनि भाञ्जीको संख्या बढेको छ ।

यो सुखद खबरका लागि म्यूजिक खबर परिवारको तर्फबाट रसाइली परिवार र सुनार परिवारलाई हार्दिक बधाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु