गालामा किस चाहिन्छ भन्दा टीभीमै बजेन गीत

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७३, शनिबार

पुष २३, काठमाण्डौ । पछिल्लो गीतसंगीतमा विकृति फैलिन थालेको आरोप धेरैतिरबाट भोगिरहेकै बेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका कार्यसमिति सदस्यहरुबाट नै त्यस्ता गीतलाई प्रश्रय नदिने भन्दै रोक्ने, सच्याउने कार्यहरु गर्दै आएको छ ।लोकदोहोरीको विकृतिविरुद्ध  विभिन्न कार्यहरु गर्दै आएको प्रतिष्ठानले यतिबेला भने गालामा किस चाहिन्छ भन्नेलाई नै टेलिभिजनमा बजाउन बन्देज लगाएको छ । डु यू लभ मी भनेर कहाँ हुन्छ मलाई गालामा किस चाहिन्छ, ओठमा किस चाहिन्छ बोलको गीतलाई प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले टेलिभिजनमा नबजाउन आग्रह गरेपछि विन्ध्यवासिनी म्यूजिकका संचालक सुवास रेग्मीले त्यसलाई टीभीबाट प्रसारण नगर्ने बताएका छन् । केहीसमय पहिला शब्द नराम्रो भएको भन्दै एरेन्जर विनोद बाजुरालीले काम रोकेका थिए भने गायिका जमुना रानाले पनि शब्द उचित नभएको भन्दै गीत नै नगाएको कारण प्रतिष्ठानको कार्यशैलीमा परिवर्तन आएको देख्न सकिन्थ्यो । सबैले लोक दोहोरीमा आएको विकृति रोक्न जस्तोसुकै परिस्थिति आए पनि काम नगर्ने प्रतिबद्धतासहित अघि बढेको कार्यसमितिले यतिबेला अंग्रेजी शब्दमाथि अहसज शब्दहरु प्रयोग भएका कारण दोहोरीको विकृति हुनबाट बचाउने प्रयास गरेको अध्यक्ष पंगेनीले बताए । समाजलाई नै अपाच्य हुने गीतहरु दोहोरी होइन फोहोरी हो पंगेनीले भने ।

love-you
छोटो चोली लाइछौ टिमिक्क
त्यही चोलीमा यो आँखा झिमिक्क
यो सुड्डोलाई त्यो दिलमा ठाउँ चाहिन्छ
डु यू लभ मी भनेर के फाइदा मलाई ओठैमा किस चाहिन्छ, गालैमा किस चाहिन्छ

सोनिया डीसीको प्रस्तुतिमा दुर्गा श्रेष्ठ र सोनिया डिसीको स्वर रहेको उक्त गीतलाई कारवाहीस्वरुप टेलिभिजनबाट प्रसारण गर्न बन्देज लगाइएको हो । रविन शंकर र चन्दा दाहालको अभिनय रहेको यस गीतको म्यूजिक भिडियोलाई करण चैंसिरले छायाँकन गरेका हुन् । रविन शंकरको निर्देशन रहेको भिडियोमा सुजन शाहीले सम्पादन गरेका छन् । उक्त गीत विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको गीत ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु