गिरीले दिए कल्याणकारी कोषलाई १५ हजार ६ सय

म्यूजिक खबर
प्रकाशित: २९ माघ २०७३, शनिबार

माघ २९, काठमाण्डौ । सामुदायीक रेडियो प्रसारक संघ (अकोरव) का नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ६ सय सहयोग गरेका छन् । झण्डै २ दशकदेखि पत्रकारितामा सकृय रहँदै आएका गिरी रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा गिरीले संगीतकार संघका कोषाध्यक्ष हरि लम्सालको हातमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।

music association nepal
गिरीले संगीतकर्मीहरुको उत्तराद्र्धको अबस्था आफूले अत्यन्त कष्टकर देखिरहेको बताउँदै यो कोषले त्यो अबस्थाको अन्त्य गर्ने बिश्वासका साथ सहयोग गरेको बताएका थिए । आफू सम्बद्ध संस्थामा रोयल्टीको बिषयलाई प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्दै गिरीले सामुदायीक रेडियोको अबस्थालाई बलियो बनाउन केहि नीतिगत समस्या रहेकोले त्यो समस्या समाधानमा संगीतकर्मीको पनि साथ सहयोगको खाँचो रहेको बताएका थिए । गिरीले आफू सम्बद्ध रेडियोले बार्षिक उत्सवका अबसर पारेर रोयल्टी बितरणको सुरुवात गर्ने पनि बताए ।

कार्यक्रम संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष एवम् संगीतकार सुरेश अधिकारीले गिरीलाई बधाई तथा शुभकमना दिदै गीतसंगीतमा केहि गर्छु भनेर अगाडी बढ्दा तत्कालका लागि अलोकप्रीय बने पनि स्रष्टा अधिकारका लागि पु¥याएको योगदानको कदर हुने बताए । केही व्यक्तिले दादागिरी देखाउन खोजे पनि अन्ततः कानुनको दायरामा आउनै पर्ने अधिकारीले बताए । संगीतकार संघ नेपालका अध्यक्ष एवम् संगीतकार लक्ष्मण शेषले ‘राज्यले कला र संस्कृतिको संरक्षणका लागि काम गरे पनि कार्यान्वयनका बिषयमा असहयोग देखिएको बताए । शेषले संगीतकार संघ नेपालले आफ्नै बलबुतामा संगीतकर्मी कल्याणकारी कोष स्थापना गरेको बताउँदै कोष पारदर्शितापूर्वक संचालन हुने बताए ।

संगीतकार संघ नेपालका महासचिव महेश खड्काले कलाकारको मृत्यु हुँदा पनि उसलाई घाटसम्म लैजान पनि समस्या पर्ने गरेको तितो स्मरण सुनाउँदै अब त्यस्ता दिन आउन नदिन कल्याण्कारी कोष प्रभावकारी हुने बताए ।

deepshikha khadka
सोही कार्यक्रममा नायिका तथा समाजसेवी दीपशीखा खड्काले संगीतकर्मी कल्याणकारी कोषमा १० हजार हस्तान्तरण गरेकी थिइन् । खड्काले पूर्ब प्रतिबद्धाता अनुसार दिपशिखा फाउन्डेशन मार्फत कोषलाई रकम हस्तान्तरण गरेकी थिइन् । कार्यक्रम संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु