गिरीले नायिकालाई प्रपोज गरेपछि…

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७०, सोमबार

काठमाडौं, २७ माघ । निर्देशक राजु गिरी विभिन्न हर्कत गर्दै चर्चामा आइरहने निर्देशक भन्दा फरक पर्दैन । अहिले निर्देशक राजु गिरी आफ्नी छोरी निर्माता भइसक्दा पनि नायिकालाई प्रपोज गरेर आफ्नो पकडमा पार्न खोजिरहेका छन् । टाइगर द रियल हिरोमा अभिनय गरेकी नायिका समीक्षा अर्याललाई निर्देशक राजु गिरीले गुलाफको फूल दिएर प्रपोज गरेपछि निर्माण युनिटमा नै हल्लाखल्ला भयो । अब पारिवारिक भइसकेका यी निर्देशक नायिकालाई प्रपोज गर्दै हिंड्न थालेपछि अब चलचित्र क्षेत्रमा के होला ? कहिले यी निर्देशक ग्ल्यामर बनाउनतिर लाग्छन् त कहिले नायिकाहरुलाई आफ्नो पकडमा पार्न दौडिरहन्छन् । तर टाइगर द रियल हिरोमा भने यो प्रपोजले के काम गर्ने हो थाहा छैन ।
टाइगर द रियल हिरोको आज निर्देशक गिरीले फस्टलुक सार्वजनिक गरेका छन् । भर्खरै छायाँकन समाप्त गरेर पोस्ट प्रोडक्सनको कार्यमा लागिरहेको चलचित्र टाइगर द रियल हिरो राजु गिरीको निर्देशनमा बनेको हो ।

शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र टाइगर द रियल हिरोमो निर्माताको रुपमा काजोल गिरी छन् । काठमाडौंकै वरपरका दृश्यहरुलाई कैद गर्दै चलचित्र ‘टाइगर द रियल हिरो’को छायांकन २३ दिनमा सकाएको हो ।
यस चलचित्रमा अशोक फूयाँल, सुरज रानाभाट, शुभेच्छा थापा, समिक्षा अर्याल, दिपक कँडेल, गरिमा ज्ञवालीलगायतका कलाकारले अभिनय रहेको छ । यस चलचित्रमा आफ्नै पकेटका संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । यस चलचित्रमा चलचित्र पत्रकार शान्तिप्रिय र उत्तम गौडेलको शब्द रहेको छ । मुकेश हुमागाइँको छायांकन, रामजी लामिछानेको नृत्य रहेको यस चलचित्र पूर्णतया द्वन्द्वको कथामा आधारित रहेको गिरीको दाबी छ ।

Tiger-the real hero_first look

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु