गीतकारसँगै निर्देशकको यात्रामा घायल (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७२, शुक्रबार

काठमाण्डौ । शंकर अधिकारी ‘घायल’ भन्ने बितिकै एक सफल गीतकारको रुपमा चिनिन्छन् । तर यतिबेला उनले आफ्नो परिचय अझ फराकिलो बनाउँदै गएका छन् । एक सफल गीतकार पश्चात उनी सफल भिडियो निर्देशकको बाटोमा हिंडीरहेका छन् । पछिल्लो समयमा उनले निर्देशन गरेको ‘मैले खुशी पाउँदा’ बोलको गीत सार्वजनिक भएको छ । गायिका नित्याशिवाको स्वरमा सजिएको उक्त म्यूजिक भिडियोमा माया ज्ञवाली ,आरती ठकुरी र अनुप रिजालको साथमा सञ्चारकर्मी बिकास लामिछानेको समेत अभिनय रहेको छ । टंक बुढाथोकीको संगीत रहेको भिडियोमा नवीन पन्तले सह निर्देशकको जिम्मेवारी पुरा गरेका छन् । भने रामेश्वर हुमागाँईंले भिडियो छायांकन गरेका हुन् । त्यस्तै नविन निरौलाद्वारा सम्पादित उक्त भिडियोमा दोस्रो व्यक्तिलाई विस्वास गर्दाको परिणाम र एक असल मित्रको समर्पणको कथा देखाइएको छ । युटुव र टेलिभिजनबाट रिलिज गरिएको उक्त म्युजिक भिडियो अलग्गै प्रकारको स्वादले सजिएको ‘घायल’ बताउँछन् ।

‘मैले खुशी पाउँदा’ भिडियो  हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु