गीतकार अधिकारी लण्डनमा सम्मानित

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७३, आईतवार

लण्डन भ्रमणमा गएका गीतकार रमेश अधिकारीलाई एउटा साहित्यिक गोष्ठीमा सम्मान गरिएको छ । लण्डन स्थित नमस्ते रेस्टुरेन्टमा बेलायतका एक दर्जन भन्दा बढी साहित्यकारहरुको भेलाले नेपालबाट केहि दिनका लागि लण्डन भ्रमणमा आएका गीतकार एवं साहित्यकार रमेश अधिकारीलाई सम्मान गरेको हो ।

गीतकार अधिकारी बेलायतमा आप्mना कृतिहरु क्रमशः पाटे बाघ र मेरो देशको विमोचन सगरमाथा शिखरमा भएको रेकर्डलाई गिनिज बुक अफ वाल्र्ड रेकर्डमा दर्ता गर्न लण्डन पुगेका हुन् । विश्वमा नै पहिलो पटक सगरमाथा शिखरमा विमोचन भएको नेपाली कृति रहेको उनको दावी रहेकोछ तथा गिनिज बुक दर्ता गर्ने अधिकारीहरुले प्रमाणित दस्तावेज पेश गरीसकेपछि दर्ताका लागि स्वीकार गरिएको उनको भनाई थियो।

ramesh adhikari

रमेश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसरमा सर्जक कृष्ण बहादुर थापाक्षेत्रीका मुक्तक तथा कविता सङ्ग्राह भावनाका तरंगहरु उपस्थित सर्जकहरुले सामुहिक रुपमा लोकार्पण गरेका थिए । यसकृतिको समिक्षाबारे कार्यक्रमका प्रमुख अतिथि रमेश अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रमलाई सर्जकहरुले कृष्णबहादुर थापाक्षेत्रीका नवविमोचित पुस्तकका कविताहरु पलैपालो वाचन गरेर आ­आफ्नो सिर्जनाहरु वाचन गरेका थिए।

ramesh adhikari krishna cheetri

वाचनको क्रममा आ(आफ्नो परिचय दिँदै कविताहरु वाचन गर्दा सन्ध्याको शान्त वातावरण कवितामय बनेको थियो । यस कार्यक्रमलाई भिडियो तथा फोटोग्राफीका लागि गुणदेव घिमिरेले सहयोग गरेका थिए। कार्यक्रममा वरिष्ठ सर्जकहरुको समेत उपस्थिति रहेको थियो।

कविता वाचन गर्नेहरुमा तरंगा चौतारीसंग आवद्ध साहित्यकार द्वय वासु शर्मा, विनोद न्यौपाने, वातावरणविद् तथा साहित्यकार विजय हितान, पत्रकार तथा सर्जक फणिन्द्र भट्टराई, सर्जकहरु क्रमशः कृष्ण थापाक्षेत्री, चन्दा बोहोरा बस्नेत, राजेन्द्र खस, गंगा खतिवडा, गुणदेव घिमिरे, सन्तोष कार्की, प्रमुख अतिथि रमेश अधिकारी तथा अन्तमा कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष सुमल कुमार गुरुङले वाचन गरेका थिए। कार्यक्रमको अन्तमा कृष्णबहादुर थापाक्षेत्रीले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु