गीतकार पोखरेलको कर्णप्रिय गीत ‘बिर्सीएउ तिमीले’ (हेर्नुहोस् भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ आश्विन २०७४, बिहीबार

असोज २६, काठमाडौं । नेपालि गीति लेखनमा सक्रिय एवं संघर्शशील गीतकार नवराज पोखरेल ‘सुमन’ले सिर्जना गरेका दर्जन भन्दा बढी गीत संगीत नेपालि दर्शक श्रोताको मन मुटुमा बस्न सफल छन् । यस्तै पोखरेलका सार्वजनिक गीतहरु मध्येमा ‘बिर्सीएउ तिमीले’ बोलको गीत पनि उतिकै कर्णप्रिय रहेको छ । उक्त गीत पोखरेलको ‘मधुरता’ एल्बममा समाहित रहेको छ ।

चर्चित गायिका निशा देशारको सुमधुर आवाजमा सजिएको उक्त गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुदिप सागरको एरेन्ज रहेको उक्त गीतमा भिम थापाले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा सारिका, सनम र ओकेशको अभिनय रहेको छ भने राजेन्द्र थापाको छायांकन रहेको छ ।

बिर्सीएउ तिमीले हेर्नुहोस् म्यूजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु