गीतकार संगीतकर्मीको माता हुन्ः मिलन मोक्तान

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७३, आईतवार

माघ २, काठमाण्डौ । नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले गीतकारहरु भनेका संगीतकर्मीका जन्मदिने माता भएको बताए । सांगीततिक संघको आयोजनामा गीतकार संघ नेपालको नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै मोक्तानले संगीतकर्मीहरुको एक मात्र पुरानो छाता संगठन भएकाले सबै क्षेत्रका संगीतकर्मीहरु एकै ठाउँमा हुनुपर्ने बताएका थिए ।

sushila
कार्यक्रमको विशिष्ट अतिथि संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङ, कवि तथा गीतकार ज्ञानेन्द्र गदाल तथा अतिथि संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, गीतकार संघ नेपालका अध्यक्ष लगायतको आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा गीतकार संघका नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।

suman bairagi
संघका कार्यसमितिलाई बधाई एवं शुभकामना दिँदै संघका सदस्य विकास चौधरीले सांगीतिक संघ सदैव संगीतकर्मीहरुको लागि सहकार्य गर्दै अगाडि बढ्ने बताएका थिए । त्यस्तै संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले गीतकार संघका पदाधिकारीलाई बधाई दिँदै गीतकारहरुको बौद्धिक सम्पत्ति संरक्षण गर्दै आफ्ना सिर्जनाका माध्यमले महत्वपूर्ण भूमिका खेल्न संघ अगाडि बढोस् भन्ने शुभकामना दिएका थिए ।

chudamani
त्यस्तै संस्कृतिविद बुलु मुकारुङले सांगीतिक संघ पुरानो संस्था भएकोले गीतकार संघ नजन्मिँदै जन्मिएको संस्थाले आज यसरी कार्यक्रम गर्दै बधाई तथा शुभकामना दिन पाउनु आफैंमा गर्व गर्नुपर्ने बताएका थिए । त्यस्तै गीतकार तथा कवि ज्ञानेन्द्र गदालले गीतकारहरुको छाता संगठन अब विदेशमा पनि समन्वय समिति गठन गर्दै विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

bikash chaudhary
त्यसैगरी गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले सबैका धारणालाई अबलम्वन गर्दै संघले आफ्नो गतिविधि संचालन गर्ने बताएका थिए । देवकोटाले गीतकार संघले गीतकारहरुको हक र अधिकारका लागि मात्र नभएर सम्पूर्ण संगीतकर्मीहरुको साझा फोरमका रुपमा समेत काम गर्न तयार रहेको बताएका थिए । कार्यक्रम संघका महासचिव सन्तोष श्रेष्ठले संचालन गरेका थिए भने कार्यक्रम संघकै सभाहल डिल्लीबजारमा सम्पन्न भएको थियो ।

basanta bityasi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु