गीतसंगीतमा नै व्यस्त हुँदै कर्माचार्य

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७०, बुधबार

काठमाडौं, ५ चैत । विगत दुई दशकदेखि गायनमा सक्रिय रहँदै आएका गायक एवं संगीतकार ओमशंकर कर्माचार्य आजभोलि निकै व्यस्त संगीतकर्मीका रुपमा चिनिन्छन् । निरन्तर, अन्तराल लगायत करिब ५ वटाभन्दा बढी एल्बमहरु बजारमा ल्याइसकेका छन् । आफ्नै स्वर, शब्द र संगीतमा दर्जनौं गीत गाइसकेका ओमशंकर कर्माचार्य संगीत व्यवसायको क्षेत्रमा ओम मेघा डिजिटल स्टुडियोसमेत संचालन गर्दै आएका छन् । निरन्तर संगीतमा क्रियाशील रहँदै आएका कर्माचार्यले आफूलाई संगीतमा नै समर्पित गराउँदै राम्रा भन्दा राम्रा सिर्जना दिने काममा व्यस्त बनाइरहेका छन् । राम्रो काम गरेमा त्यसको उचित मूल्यांकन हुन्छ भन्ने अठोटका साथ अघि बढिरहेका कर्माचार्यले त्यसो राष्ट्रियस्तरका अवार्ड, सम्मान र पुरस्कारहरु पनि हात पारिसकेका छन् । संगीतबिना आफू बाँच्न नसक्ने बताउने कर्माचार्यले अब चाँडै नै अर्को एल्बम बजारमा ल्याउने तयारीमा जुटिरहेका छन् । हङकङ, चीन, भारतलगायतका देश विदेशमा हुने विभिन्न महोत्सव तथा कार्यक्रमहरुमा सहभागिता जनाउँदै आफ्नो प्रस्तुतिमार्फत स्रोताहरुलाई मनोरञ्जन दिँदै आएका कर्माचार्यले आफूले नै गाएको एक गीतको म्यूजिक भिडियो निर्माणमा यतिबेला व्यस्त रहेका छन् ।

 antaral

nirantar_1

 [youtube]https://www.youtube.com/watch?v=JFtvm4EsGiU[/youtube]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु