गीत भनेको बद्रीकोजस्तो हुनुपर्छ : राई

म्यूजिक खबर
प्रकाशित: १९ फाल्गुन २०७२, बुधबार

नेपाल सरकारका सूचना तथा संचार मन्त्री शेरधन राईले गीतसंगीतको बारेमा बोल्दै गीत भनेको बद्री पंगेनीको जस्तो हुनुपर्ने बताएका छन् । गायक बद्री पंगेनीको गीत भनेको सबैलाई नचाउने, सबैलाई सचेत गराउने उर्जाशील हुन्छ मन्त्री राईले भने । गायक पंगेनीको पछिल्लो एल्बम ‘पसिना आरैछ’ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री राईले प्रगतिशील गायकका रुपमा पंगेनीलाई लिएको बताएका हुन् ।

निरमाया दोहोरी साँझको हलमा आयोजित लोकदोहोरी एल्बम पसिना आरैछ विमोचनमा सूचना तथा संचार मन्त्री शेरधन राई प्रमुख अतिथिका रुपमा थिए । लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, महासचिव रमेश विजी, केन्द्रीय सदस्य शंकर बिसी, प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझी लगायतको उपस्थितिमा उक्त दोहोरी सार्वजनिक गरिएको थियो । गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरु एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरुले गायक पंगेनीलाई सफलताको शुभकामना दिएका थिए ।

sherdhan rai badri
गायिका प्रिति आले र बद्री पंगेनीको स्वर रहेको गीत पसिना आरैछलाई एकनारायण भण्डारीले लेखेका हुन् । यस एल्बमलाई कृष्ण फिल्म्सले बजार प्रबद्र्धन गरेको छ ।

badri

durga rayamajhi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु