गीत संगीतको क्षेत्रमा फड्को मार्दै कमल

म्यूजिक खबर
प्रकाशित: २ श्रावण २०७२, शनिबार

कमल न्यौपाने । युएई


बाग्लुङ जिल्ला बोहरा गाबिस वार्ड नम्बर ४ मा जन्म लिई हाल कामको सिलसिलामा मध्य पुर्बी राष्ट्र युएईमा रहेका कमल घोसाली नेपाली गीत संगीतमा एउटा सकृय नाम हो । लोक दोहोरिका शब्द ,लय र संगीतमा आफुलाई अगाडी बढाउदै आएका कमलले पछील्लो समय आधुनिक गीततर्फ प्रबेश गरेकाछन । आफ्नै शब्दमा आधुनिक क्षेत्रका चर्चित गायक शिब परियार र प्रमोद खरेलको स्वरमा २ वटा गीत भर्खरै बजारमा ल्याएकाछन । यसअघी कमलले आफ्नै शब्द र नेपाली लोक दोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गायिकाको स्वरमा बिभिन्न गीत बजारमा प्रस्तुत गरिसकेकाछन । ‘ म त उन्लाई माया गर्ने मान्छे ु,‘ एकोहोरो माया’,‘आज गिरे तिम्रो नजरमा ु जस्ता सफल दोहोरी गीत पछी यतिबेला उनि आधुनिक गीत पनि सफल हुनेमा ढुक्क भएको बताउछन । रोशन थापासँगको सहकार्यमा राजकुमार बगरको संगीत र शिव परियारको स्वरमा टुक्रेको मन तेसैगरी सुरज रसाईलिसँगको सहकार्यमा आफ्नै संगीतमा प्रमोद खरेलको स्वर रहेको अधुरो जीवन बोलको गीत बजारमा ल्याएकाछन । दुबै गीतलाई प्रियसी म्युजिक प्रा।लिले बजार ब्यवस्थापन गरेकोछ । परदेशमा रहेर आफ्नो काम पछिको फुर्सदको समयलाई सदुपयोग गरि गीत संगीतमा लागेका कमल आफु सधैभ नेपाली गीतसंगीतको माया गर्दै अघी बढ्ने बताउछन । शब्द सृजनासगै आफुले रचना गरेको पछील्लो गीत टुक्रेको मन र अधुरो जीवनबाट कमलले अभीनयमा समेत प्रबेश गरेकाछन ।
untitled1
दुबै गीतको भिडियोमा कमल आफै देखिएकाछन र उक्त गीतको भिडियो युएईका बिभिन्न शहरमा छायाङ्कन गरिएकोछ । युएईमा रहेर कलाकारिता गरिरहेका र सोही क्षेत्रमा आफ्नो भबिष्य खोज्दै गरेका कलाकारले उनलाई भिडियोमा सहयोग गरेकाछन । टुक्रेको मन र अधुरो जीवन बोलको गीतले पछील्लो समय नेपाली संगीतको क्षेत्रमा निकै चर्चा पाएको र गीतले छोटो समयमानै सबै स्रोताहरुको मन जितिसकेको छ । । निकै नै मर्मस्पर्शी शब्द प्रस्तुत गरेर चर्चामा रहेका कमल अब छिट्टै नै नेपाली पपगीतमा समेत आफ्नो शब्द र संगीत प्रस्तुत गर्ने बताएकाछन । श्रावण महिनाको पहिलो साता सन्देश एस। के र कमल घोसालिको संयुक्त प्रस्तुतिमा टुक्रेको मन भाग २ को दुबईमा रेकर्ड गर्ने तयारिमा पनि रहेकाछन कमल । उक्त गीतमा कमलकै शब्द र संगीत रहनेछ भने स्वर सन्देश एस। के र कमल घोसालिकै रहेनछ ।

adhuro_jivan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु